नेपाल ग्यास उद्योग संघका सदस्य तथा कर्मचारीले ओम अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्।
ओम अस्पताल तथा रिसर्च सेन्टर र नेपाल ग्यास उद्योग संघबीच सदस्य तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा सोमबार सम्झौता भएको हो।
सहमति अनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको कन्सल्टेसन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा बिशेष छुट पाउने छन्।
सम्झौतामा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की, जनसम्पर्क निर्देशक हरीप्रसाद पाठक, बित्त निर्देशक दिपेन्द्र पोखरेल र एलपि ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी,बरिष्ठ उपाध्यक्ष कुशप्रसाद मल्ली, महासचिब दिवान चन्द र सचिव श्याम बुढाथोकीले हस्ताक्षर गरे।