काठमाडौंको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टले ब्यांकेट हल सञ्चालनमा ल्याएको छ। रिसोर्टले दरबार हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो।
विभिन्न उद्देश्यका कार्यक्रम गर्नका लागि आधुनिक उपकरणसहितको हलमा सभासम्मेलन, पार्टी, मिटिङ गर्न सकिने सुविधाजनक अवसर रहेको रिसोर्टले जानकारी दिएको छ।
४ हजार वर्गफिटको यो हलमा थियटर आकारमा ६ सय सिट क्षमता छ। त्यस्तै कक्षाकोठा आकारमा १५०, युसेपमा २ सय, राउन्ट टेबल मिटिङमा ३ सय, कक्टेलमा ७ सय र क्याजुअल डिनरमा १५ सय क्षमता रहेको छ।