उत्पादन सुरु गरेको पाँच वर्षपछि एयरबसले अतिरिक्त क्षमताको कार्गो जहाज निर्माण सम्पन्न गरेको छ। युरोपेली जहाज निर्माता कम्पनीले जनवरी ९ देखि उक्त जहाज व्यावसायिक सेवामा ल्याएको घोषणा गरेको छ।
बेलुगा एक्सएल नामको उक्त जहाज लामो समयको परीक्षणपछि कमर्सियल सेवामा प्रवेश गरेको कम्पनीले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ।
यो जहाज ६३ मिटर लामो छ भने ८ मिटर चौडा छ। यो जहाजको पेलोड क्षमता ५१ टन रहेको छ।
निरन्तर ४ हजार किलोमिटरसम्म उड्नसक्ने यो जहाजमा रोल्स रोल्सरोयसका दुई इन्जिन रहेका छन्।