आन्तरिक उडान गरिरहेका एयरलाइन्स सञ्चालकहरुले आधा सिट खाली राखेर जहाज चलाउन नसकिने प्रतिक्रिया दिएका छन्।
सरकारले जहाजका आधा सिटमा मात्र यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यवसायीहरुले यो व्यवस्थामा व्यावसायिक उडान सम्भव नभएको प्रतिक्रिया दिएका हुन्।
निजी वायुसेवा कम्पनीहरुको एसोसिएसनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो कुरा जानकारी गराएको हो।
व्यवसायीहरुले ५० प्रतिशत सिट खाली राखेर छिमेकी मुलुक भारत लगायतका अन्य देशमा पनि उडान नगरिएको उदाहरण दिंदै नेपालमा झन सम्भव नै नहुने प्रष्ट पारेका छन्।
आधा सिट खाली राखेर उडान गर्दा सामन्य अवस्थाको तुलनामा भाडा दोब्बर हुने र यसै कारण कुने पनि यात्रुले जहाज चढ्ने आँट नगर्ने उनीहरुले बताएका छन्।
सरकारले उडान खोल्ने निर्ण गरे पनि यो व्यवस्थामा उडान सुरु गर्न नसकिने उनीहरुले मन्त्रालयलाई जानकारी गराएका छन्।