सरकारले पर्यटन प्रवर्धनमा काम गर्दै आएको काठमाण्डौंको तारा गाउँ समितिको अध्यक्षमा प्रलाद न्यौपानेलाई मनोनित गरेको छ।
देशका ४ भन्दा बढी ठाउँमा तारागाउँ रिसोर्ट होटल सञ्चालनसँगै होम स्टे र पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको समितिको ४ वर्षे कार्यकालका लागि न्यौपानेलाई नियुक्त गरिएको हो।
पर्यटन प्रवर्धनमा काम गर्दै आएका न्यौपानेले पर्यटन, होटल व्यवसाय र होम स्टेमार्फत युवाहरुलाई समृद्ध बनाउने कार्यमा आफू केन्द्रित रहने बताए।
पर्यटन वर्ष सुरु हुनै लाग्दा मनोनित भएकाले कार्यभार धेरै भएको र सफलता हासिल गर्ने आशा र विश्वास बढी भएको न्यौपानेको दाबी छ।