पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ। विगत दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य नबढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमले पाइपलाइनबाट तेल ल्याएपछि भदौ २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँ घटाएर १ सय ७ र ९५ पुर्याएको थियो। यसअघि प्रतिलिटर डिजेल/मट्टितेल ९७ र पेट्रोल १ सय ९ रूपैयाँमा तोकिएको थियो। ग्यासको मूल्य भने असोज ३ गते १३ सय ५० तोकेको थियो। यस अघि ग्यास १३ सय ५० रूपैयाँमा बिक्री हुँदै आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरूप निगमलाई १६ नोभेम्बरमा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्य अनुरूप खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर रू. १.६५ बढेर आएको र डिजलमा प्रतिलिटर ०.०८ घटेर आएको छ।
विगतको तुलनामा कच्चा तेलको मूल्य वृद्धि भएपनि सर्वसाधरणको हितलाई ध्यानमा राखी हाललाई पेट्रोलियम पदार्थको साविककै बिक्री मूल्यलाई यथावत कायम राखिएको निगमले जानकारी दिएको छ।
सो अनुरूप काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १ सय ७ र डिजेल/मट्टितेलको मूल्य ९५ रूपैयाँ रहेको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर ९४ रूपैयाँ ५० पैसा, बाह्य इन्धन अमेरिकी डलर प्रतिलिटर १ र ग्यास प्रतिसिलिण्डर १३ सय ५० रहेको छ।