उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देश लकडाउन भएपछि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगीलाई आग्रह गरेको छ।
मङ्गलबार मन्त्रालयले विज्ञप्ती जारी गरि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा संचालनमा ल्याउन आग्रह गरेको हो।
उद्योग संचालन गर्दा संक्रमण जोखिमलाई मध्यनजर राखि कर्मचारी र कामदारका लागि स्यानिटाईजर, मास्क लगाउने, भीड भाड नगर्ने, पच्चिसजनाभन्दा बढी एक स्थानमा नरहन समेत आग्रह गरेको छ।
उद्योगहरुको संचालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा जानकारी गराउन आग्रह गरेको छ।त्यस्ता उद्योगहरुले उत्पादीत सामग्री नियमितरुपमा बजारमा पठाउने प्रवन्ध मिलाउने मन्त्रालयले बताएको छ।
साथै उत्पादन नियमित तुल्याउन आवश्यक कच्चापदार्थको अधिकतम मौज्दात(स्टक) को व्यवस्था गर्ने विज्ञप्तीमा उल्लेख छ।