नेपाली इ कमर्श ग्यापु मार्केट प्लेसले मंसिर १२ गते शुक्रबार ‘ब्ल्याक फ्राइडे सेल’ घोषणा गरेको छ।
जसअन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।
माछापुच्छ्रे बैंकसँगको सहकार्यमा ग्यापुले बैंकको प्रयोगकर्तालाई २० प्रतिशत क्यासब्याक दिने बताइएको छ।
त्यस्तै, एनआइसी एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ।
त्यस्तै ग्यापुले ब्ल्याक फ्राइडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली विजेताले ग्यास गिजर र होम थिएटर नि:शुल्क पाउने ग्यापुले जनाएको छ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट (gyapu.com) मार्फत् अर्डर गर्न सक्नेछन्।
ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र ई सेवामार्फत् भुक्तानी गर्न सक्नेछन् भने डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैंकका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ।
साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन्।