खोई के हो के
कस्तो यो दुनियाँ
चारै तिर अध्याँरो
कालो मडारिएको बादलजस्तो
अनी यो मन यसै खाली खाली
चारै तिर निराशा नै निराशा
जब कसैको लूटिन्छ अस्मिता
अस्मिता मेरो
उसले लुटेको
जो सुरबीर छ
शक्तिशाली छ
जो भोको छ
जो मेरो अस्मिताको प्यासी छ
मेरो कल्पनामा
मेरो अस्मिताको शिकारी
लुछी लुछी जिउँदो मासु खाने
भोका ब्वासाहरू जस्तो
कलीलो आत्मालाई कुल्चिएर हिँडने
बौलाएका वन हात्तीहरू जस्तो
म गहिरो चोटबाट
बचेको
म आफ्नो अस्मिता जोगाउन
असफल प्रयास गरेको
आत्मा ओईलाईनै रहेको
आत्माबल खोसि, खोसि नै रहेको
म एक बेवश अस्मिता
म न्याय खोज्न डराएँ
म साथी बनाउन छाडेँ
आफूसित आफैं रिसाएँ
आफन्तबाट टाढा टाढा भएँ
जब म एक बस्तु बनेँ
म गुमसिएँ ,
म छटपटाएँ
म रोएँ ,
आफ्नो आत्मालाई मारी
म बाचेँ
मन भित्र गुम्सिएको आँशुहरू
न त पोख्न सके मैलेँ
न त पिउन सकेँ
न त बगाउन नै सके
दिन मेरा रात भए
रात त सराप भए
निद्रा मेरा,
म बाट भागे
सपना देख्न म डराए
पापी भो मन मेरो
शंकालु मेरो नयनहरू
आफन्तलाई नै देख्न लागे
भोका बाघहरू
खान्छन् कि भनी लुकी लुकी
बस्न थाले
अस्मिता त मैले के गुमाएँ
मैले मेरो आत्मा नै जलाएँ