जीवनको मात्रा
गर्भबाटै शुरु हुन्छ
सुनौलो काखमा घुम्छ
अपार ममतामा डुब्छ
अलौकिक शत्तिमा चुम्छ
अनि बाह्य संसारमा
मानिस जन्मिन्छ
तर
सबैभन्दा अभाव गर्भमा भएको छ
स्वास्थ्यको मात्रा पुगेन
हो त्यो मानिस हुर्कदै जान्छ
अनि शुरु हुन्छ
आमाको दुधको मात्रा
दिनभरिको पेटको मात्रा
परिवारको मायाको मात्रा
वाल्यकालको खेल्ने मात्रा
अनि स्कूलको पढाईको मात्रा
तर
सबैभन्दा अभाव बााल्यावस्थामा भएको छ
पोषणको मात्रा पुगेन
त्यहि मानिस
हर्लक्क बढदै जान्छ
अनि शुरु हुन्छ
बैशको मात्रा
स्वतन्त्रताकाको मात्रा
प्रतिस्पर्धाको मात्रा
चंचलताको मात्रा
अनि
भविष्य निर्माणको मात्रा
तर
सबैभन्दा अभाव किशोरावस्थामा भएको छ
मनोवैज्ञानिक परामर्शको मात्रा पुगेन
थुप्रै बसन्त ऋितुहरु पार गर्दै
ऊ मानिस वयस्क हुन्छ
अनि शुरु हुन्छ
सामाजिक प्रतिष्ठाको.मात्रा
बन्धनको मात्रा
जिम्मेवारीको मात्रा
व्यवहारले थिचिएको मात्रा
निर्णयको मात्रा
अनि तनावैतनावको मात्रा
तर
सबैभन्दा अभाव प्रौढ अवस्थामा भएको छ
आध्यात्मिक ध्यानयोगको मात्रा पुगेन
त्यहि तनाव अंगाल्दै
जब ऊ मानिस
प्रकृतिको नियतीमा फस्छ
उमेर ढल्किन्छ
अनियन्त्रित अनपेक्षित
नतिजाहरु शुरु हुन्छन
रोगको मात्रा
हेलाको मात्रा
अभावको मात्रा
वेचैनको मात्रा
अनिद्राको मात्रा
तर
सबैभन्दा अभाव बृद्धा अवस्थामा भएको छ
सम्मान र मायाको मात्रा पुगेन
हो त्यसैले
पूर्ण मात्रा
गर्भावस्थाको स्वास्थ्यमा पुर्याऔं
वाल्यावस्थाको पोषणमा पुर्याऔं
किशोरावस्थाको मनौवैज्ञानिक परामर्शमा पुर्याऔं
प्रौढ अवस्थाको आध्यात्मिक ध्यानयोगमा पुर्याऔं
बृद्धावस्थाको उच्च सम्मान र मायामा पुर्याऔं