वर्ष २०७३ सालको पहिलो सूर्योदय। तस्विरः नारायण महर्जन
आज वर्ष २०७३ सालको अन्तिम दिन। यो वर्ष पनि विगतका वर्षहरू जस्तै विभिन्न उत्तरचढावपूर्ण रह्यो। राजनीतिक आर्थिक सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा वर्ष ७३ सामान्य रह्यो।
सरकार परिवर्तन, संविधानको विरोध, सर्वोच्च अदालतबाट मुख्य दुई नियुक्तिको बदरलगायतका घटना वर्ष २०७३ मा सम्झना योग्य रह्यो।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङको नियुक्ति भएसँगै वर्ष २०७३ मा मुलुक लोडसेडिङमुक्त रह्यो। रातको समयमा काठमाडौं उपत्यकामा देखिएको झिलिमिति बत्ती। तस्बिरः नारायण महर्जन
सहकालका देवताको रुपमा लिइने सेतो मछिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ । सेतो मछिन्द्रनाथको मुर्तिलाई जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गरेपछि सुरु भएको रथ यात्रा रत्नपार्क, भोटाहिटी, असन, मछिन्द्र बहाल, इन्द्रचोक, हनुमान ढोका, मरुहिटी, जैसिदेवल हुदै लगनमा पाँच दिनमा समापन हुने छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तान्ने गरिन्छ। तस्बिरः नारायण महर्जन
भूकम्पको एक वर्षपछि मृतकको सम्झनामा धरहरामा श्रद्धाञ्जली । तस्विरः नारायण महर्जन
ललितपुरमा मनाइने १२ वर्षे बाघ भैरवको जात्राको क्रममा पाटन दरबार स्क्वायरमा मुर्ति निकाल्दै। तस्बिरः नारायण महर्जन
जेठ २५ मा बरिष्ठ संगीतकार अमर गुरुङको मृत्यु भयो। नौलाखा तारा उदाए गीतबाट संगीत यात्रा सुरु गरेका गुरुङका सयौं सिर्जना कालजयी छन् । ‘सयौ थुंगा फुलका हामी …’ राष्ट्रिय गानको सर्जक गुरूङको ग्याण्डी अस्पतालमा निधन भएको थियो।
बन्द उलंघन गरेको भन्दै नेकपा माओवादीले कलंकी सिसा फुटाएको सार्वजनिक बस। तस्बिरः नारायण महर्जन
रमादानको अवसरमा राजधानीको कास्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै नेपाली मुस्लिम धर्मावलम्भीहरू। तस्बिरः नारायण महर्जन
अफगानिस्तानको राजधानी काबुल सहरमा असार ६ गते बिहान भएको आत्मघाती आक्रमणमा परि १४ जना नेपालीले ज्यान गुमाए। तत्कालिन ओली सरकारले चार्टर बिमान पठाएर मृतकको शव नेपाल ल्याएको थियो।तस्बिरः नारायण महर्जन
भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरोहर बसन्तपुर दरबार स्क्वायर। समयमै पुनर्निर्माण नहुँदा यो क्षेत्रमा झार पलाएर धरोहरको सुन्दरता हराउँदै गएको छ। तस्बिरः नारायण महर्जन
सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी साउन २ गते ट्याक्सी दर्ता खुलाएको थियो। तस्बिरः नारायण महर्जन
नारायणहिटी दरबार भित्र रहेको स्व. राजा विरेन्द्रको घर। तस्बिरः नारायण महर्जन
प्राकृति सुन्दरताले भरिपूर्ण सुन्दरीजलमा देखिएको बागमती नदी। तस्बिरः नारायण महर्जन
अघोषित नाकाबन्दी र तराईमधेशमा जारी आन्दोलनका कारण दसैमा काठमाडौंबाट विभिन्न जिल्ला फर्किने यात्रीले सकस व्यहोर्नु परेको छ। टिकटको अग्रिम बुकिङ नखुलेको र पर्याप्त बस नचलेका कारण यात्रीले समस्या व्यहोर्नु परेको हो। तस्बिरः नारायण महर्जन
ललितपुरको इमाडोलमा कात्तिक ५ गते प्राकृतिक ग्यास (मिथेन) उत्पादन सुरु भएको छ। खानी तथा भूगर्भ विभागले निर्माण गरेको ग्यास प्लान्टको उद्योग मन्त्री नविन्द्रराज जोशीले औपचारिक रुपमा उद्घाटन गरेसँगै उक्त स्थानमा उत्पादन सुरु भएको हो। तस्बिरः नारायण महर्जन
कीर्तिपुरमा धान बत्ताउँदै स्थानीय किसान। तस्बिरः नारायण महर्जन
सिन्धुपाल्चोकको बाँसबारीस्थित गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा निर्माण भएको भूकम्पपीडितको एकिकृत बस्ती। जहाँ धुर्मुस सुन्तली आफै दिनरात खटेर बस्ती निर्माण गरेका हुन्। तस्बिरः नारायण महर्जन
वर्ष २०७३ मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा दुई सरकार बने। कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले ओलीलाई कांग्रेस माओवादीसहितका दलले अविश्वासको प्रस्ताव पेश गरेपछि साउन ९ गते प्रधानमन्त्रीबाट राजीनामा दिए। ओलीको राजीनामापछि दाहाल साउन १९ गते प्रधानमन्त्री भए। तस्बिरमा प्रधानमन्त्रीको सपथ लिँदे दाहाल। तस्बिरः नारायण महर्जन
यसैवर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक चीनको तीन दिने भ्रमण गरेका छन् । चैत १० गतेदेखि १३ गतेसम्म भएको उक्त भ्रमणका अवसरमारमा प्रधानमन्त्री प्रचण्डले बोआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गरेका थिए। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले यसैवर्ष भारतको चारदिने औपचारिक भ्रमणमा समेत गरेका छन्। भदौ ३० गतेदेखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारत भ्रमण गरेका हुन्। तस्बिरः नारायण महर्जन
झण्डै दुइ दशकदेखि हुन नसकेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेबाट तीन दिने नेपाल भ्रमण गरेका थिए। भारतीय समकक्षी प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। मुखर्जी तीन दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल अाएका हुन्। तस्बिर : नारायण महर्जन
कीर्तिपुरबाट देखिएको हिमश्रृंला। तस्बिरः नारायण महर्जन
राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा (राप्रपा र राप्रपा नेपाल) बीचको एकीकरण मंसिर ६ गते भयो। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखियो । यस्तै एकीकृत राप्रपाबाट छुट्टिएर प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोले। तस्बिरः नारायण महर्जन
टेकुमा फोहोरबाट बिजुली निकाल्न अन्तिम तयारी भइरहेको छ । जहाँ काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोर खपतका लागि बायो मिथनाइजेशन प्लान्ट जडान गरेको छ । यसबाट मिथेन ग्यास उत्पादन भइसकेको छ र, यही ग्यासबाट बिजुली उत्पदन हुनेछ । यसका लागि टर्वाइन जडान भइसकेको छ । प्राविधिकले अन गरेपछि विजुली बल्छ । यो प्लाल्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । तस्बिरः नारायण महर्जन
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) पदाधिकारीले स्वागत गरे । तस्बिरः नारायण महर्जन
गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यो सम्पदा भूकम्पपछि पुनर्निर्माण सम्पन्न हुने मुलुककै पहिलो पुरातात्त्विक सम्पदासमेत बनेको छ । तस्बिरः नारायण महर्जन
सोमबार बाला चतुर्दशीको अवसरमा बागमति नदीमा बगाइएका दियोका दृश्य। तस्बिरः नारायण महर्जन
ललितपुरको सातदोबाटोमा बाटो चौडा पार्ने कामले गर्दा भएको धुलाम्मे सडकको दृश्य र पछाडि गाडीको जाम। तस्बिरः अनिश रेग्मी
नेपाल र मलेसियाको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोली विजयी भएको छ। शनिबार दिउँसो एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले मलेसियालाई एक गोलले हराउँदै विजयी भएको हो। तस्बिरः नारायण महर्जन
काठमाडौंको टौदहमा बिहानीको सूर्योदयको दृश्य। साथमा रूखमा बसेका चराहरू। तस्बिरः नारायण महर्जन
बसन्तपुरस्थित काष्टमण्डप पुनर्निर्माणबारे पूजा आरधना गर्दै भक्तजनहरू। भूकम्पले काष्ठमण्डप पुरै क्षती भएको छ। तस्बिरः नारायण महर्जन
सौराहा चितवनमा हा्तिलाई घाँसको भारी बोकाएर ल्याउँदै माउते। तस्बिरः नारायण महर्जन
पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकी कान्छीमायाँ कोजु सहभागी जनाउँदै। तस्बिरः अनिश रेग्मी
इतिहासकार तथा नाटककार सत्यमोहन जोशीकृत तथा बद्री अधिकारी निर्देशित नाटक 'महर्षि यज्ञवल्क्य' अभिनय गर्दागर्दै बेहाेस भइ निधन भएका कलाकार विष्णुभक्त फुयाँलको पुस २० गते पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टी गरिएको छ। तस्बिरः नारायण महर्जन
गत पुस २१ गते सिआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियन्त्रणमा लिएको ३३ किलो अबैध सुन। तस्बिरः अनिश रेग्मी
माघ १ गते युवा जगतमा पछिल्लो समय निकै चर्चामा रहेका र्यापर यूवा गायक अनिल अधिकारी (यमबुद्ध) ले ३० बर्षको कलिलै उमेरमै आत्महत्या गरे। उनको शव नेपाल ल्याउँदै आफन्तहरू। तस्बिरः अनिश रेग्मी
विश्वको दोस्रो ठुलो चेन भएको 'हिल्टन होटल एन्ड रिसोर्ट'सँगको सहकार्यमा शंकर ग्रुपले 'डबल ट्रि हिल्टन' नामको पाँचतारे होटलको लागि नक्सालको भगवति मन्दिर नजिकै निर्माण गरिरहेको उक्त भवनको जग खन्दा छेउको ४० फिट सडक भाँसिएको थियो। तस्बिरः नारायण महर्जन
सरस्वती पूजाको अवसरमा राजधानीको स्वयम्भुमा रहेको सरस्वती मन्दिर परिसरको भित्तामा लेख्न सिक्दै एक बालक। तस्बिरः अनिश रेग्मी
पाटनदरबार स्क्वायर परिसरस्थित एक मन्दिर पुर्ननिर्माण गर्ने क्रममा उक्त मन्दिरबाट निकालिएको माटो तथा इँटा फाल्नको निमित्त गाडीमा राख्दै एक मजदुर। तस्बिरः अनिश रेग्मी
कीर्तिपुरको मचादेवलमा पानी बोकेर जाँदै गरेकी एक महिला। तस्बिरः अनिश रेग्मी
ललितपुरको एक इँटाभट्टामा इँटा अोसार्दै एक भारतीय कामदार। राजधानीका विभिन्न इँटाभट्टामा ठूलो संख्यामा भारतीयले काम गर्छन्। तस्बिर: अनिश रेग्मी
शिवरात्रि तथा सेना दिवसको अवसरमा टुँडीखेलमा कौशल देखाउँदै नेपाली सेना। तस्बिरः अनिश रेग्मी
पोलियो खोप अभियान २०७३–७४ अन्तर्गत पाटन दरबार स्क्वायर परिसरमा पोलियो थोपा खुवाईंदै। तस्बिरः अनिश रेग्मी
हिन्दुहरुको महत्वपूर्ण पर्व होलीमा नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पनि बसन्तपुरमा रामाए। तस्बिरः अनिश रेग्मी
शनिबार दिउँसोको वर्षापछि त्रिपुरेश्वर सडकखण्डमा जमेको पानीमा ह्वील च्यर चलाउने संघर्ष गर्दै एक युवक। तस्बिरः अनिश रेग्मी
वसन्तपुर दरवारस्क्वायरमा सोमबार फोटो सेसन गर्दै विदेसी जोडी। तस्बिरः अनिश रेग्मी
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीन दिने औपचारिक भ्रमणमा आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिदै। तस्बिरः अनिश रेग्मी
सातौ अन्तर्राष्ट्रिय ट्याटु महोत्सवमा ट्याटु बनाउँदै विदेशीहरू। तस्बिरः अनिश रेग्मी
सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गर्यो। २० वर्ष पछि संघीय ढाँचामा हुने स्थानीय चुनावको मिति घोषणा भयो भने नेपालमा ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगर तथा ४ सय ८१ गाउँपालिका कायम गरियो। प्रमुख निर्वाचन आयुक्त मतदाता नामावली सार्वजनिक गर्दै। तस्बिरः नारायण महर्जन
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चयन भएकी भवानी राणा बुधबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा सपथ लिदै। महासंघका नवनिर्वाचित पदाधिकारीले अाजै पदभार ग्रहण गरेका छन्। तस्बिरः अनिश रेग्मी