राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले काठमाडौंको माइतीघर मण्डलमा सांस्कृतिक प्रतिरोध कार्यक्रम गरेको छ।
अभियानअन्तर्गतको नेवाः राष्ट्रिय परिषद्ले गत चैत २४ गतेको शान्तिपूर्ण प्रदर्शनमा भिक्षुलाई दुर्व्यवहार गरेको भन्दै प्रदर्शन गरेको हो।
शान्तिपूर्ण प्रदर्शनीमा प्रहरीले भिक्षुमाथि दुर्व्यवहार गरेको तथा विभिन्न सांस्कृतिक बाजाहरू फुटाइदिएको उनीहरूले बताएका छन्।
भद्रकाली नजिकै भएको प्रदर्शनीमा १२ थान च्याब्रुङ कब्जा गरेको, धिमे बाजा फुटाइदिएको र उक्त कार्य भएकोप्रति सरकारले माफी नमागेकाले प्रतिरोध गर्नुपरेको परिषद्ले जनाएको छ।
भद्रकालीमा आयोजना भएको विरोध प्रदर्शनमा भिक्षुमाथि आक्रमण भएको भन्दै आलोचना भएपछि सरकारले संलग्न प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।
तस्बिरहरू:
-1714383334.jpg)
-1714383335.jpg)
-1714383334.jpg)
-1714383334.jpg)
-1714383333.jpg)
-1714383333.jpg)
-1714383333.jpg)
-1714383334.jpg)
-1714383333.jpg)
-1714383332.jpg)
-1714383332.jpg)
-1714383332.jpg)
-1714383332.jpg)
-1714383331.jpg)
-1714383331.jpg)
-1714383331.jpg)
-1714383331.jpg)
-1714383330.jpg)
-1714383330.jpg)
-1714383330.jpg)
-1714383330.jpg)