नेपाल सरकारका पूर्वसचिव किशोर थापा आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार हुने भएका छन्। रवीन्द्र मिश्रले गठन गरेको साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य थापाले काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिन निर्णय गरेको साझा पार्टीले जनाएको छ।
‘साझा पार्टीका मूल्यमान्यता तथा आदर्शलाई आत्मसात र प्रर्वद्धन गर्ने नेपालीले ‘स्वतन्त्र’ उमेदवारी दिएको खण्डमा त्यस्ता उमेदवारलाई पार्टीले समर्थन गर्ने बताइरहँदा थापा जस्तो इमान, जमान, क्षमता, र सदाचारका लागि कहलिएका व्यक्ति देशकै राजधानीको मेयरका लागि साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवारी दिन तयार हुँदा हामी अत्यन्तै उत्साहित भएका छौं’ साझा पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।
आर्किटेक्ट(इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन जस्ता मन्त्रालयहरूमा सचिवको जिम्मेवारी सम्हालोका थिए। काठमाडौं महानगरपालिकाका लागि थापाको कार्ययोजना तथा उनको सहयोगीका रूपमा उपमेयरका लागि उमेदवारी थापाले छिटै सार्वजनिक गर्ने साझा पार्टीले जनाएको छ।
यो पनि पढ्नुस्:
नेपाली राजनीतिमा अर्का बोर्डफस्ट नेता