सरकारले कर्णालीवासीलाई जन्म र मृत्युको बेला २० केजी चामल दिने कार्यक्रम अघि सारे पनि अधिकांश कर्णालीबासी यो सुविधा लिन अनिच्छुक देखिएका छन्। यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेका छन्। चालु आर्थिक वर्षदेखि सरकारले कर्णालीबासीलाई यो सुविधा दिन लागेको हो।
चालु आर्थिक वर्षको ९ महिना सकिए पनि हालसम्म ८ जनाले मात्र यो सुविधा लिएको नेपाल खाद्य संस्थानले जनाएको छ। कर्णाली अञ्चलमा जन्म र मृत्यु हुनेको वार्षिक संख्या वार्षिक ५ हजारभन्दा बढी हुने भए पनि ९ जनाले मात्र यो सुविधा लिएपछि सरकारी कार्यक्रम असफल हुने देखिएको छ।