सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न वर्षेनि करोडौं रूपैयाँ निकासा गर्दै आएको छ। मन्त्रिपरिषद बैठकले पछिल्लो चार वर्षमा सरकार र प्रतिपक्षमा रहेका दल सम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रूपैयाँ निकासा गरेको हो। यो खबर मातृका दाहालले आजको कारोबारमा लेखेका छन्।
नागरिक राहत/क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६६ अनुसार विपन्न तथा विशिष्ट व्यक्तिलाई मात्र मेडिकल रिपोर्टका आधारमा सरकारले राहत तथा उपचार खर्च उपलब्ध गराउनसक्ने व्यवस्था छ। तर, त्यसविपरित २०७०/०७१ देखि आव २०७३/०७४ चैत सम्ममा दलका कार्यकर्ताका लागि आधा अर्बको हाराहारी रकम बाँडिएको गृहमन्त्रालयको अभिलेखमा उल्लेख छ।