प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार छोड्न किन हतारो भएको भन्दै प्रश्न गरेका छन्। व्यवस्थापिका संसदको मंगलबारको बैठकमा समय मागेर बोलेका अध्यक्ष ओलीले मुलुकमा शून्यताको स्थिति श्रृजना हुने गरी प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको उल्लेख गरे।
उनले सरकारको नीति कार्यक्रम, बजेट, स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएको र अर्को बाँकी नै रहेको अवस्थामा राजीनामा दिनेलाई कि प्रधानमन्त्री हुनेलाई हतार भएको भन्ने पनि जानकारी पाए राम्रो हुन्थ्यो भनि व्यंग्य गरे।