सत्तारूढ नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि कैलाली जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा नेपाल दलित संघका केन्द्रीय सदस्य समेत रहेका नृप ओढलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाएको छ।
बैठकले कैलालीका ६ नगरपालिकाहरुको उम्मेदवार पनि टुंगो लगाएको छ। टिकापुर नगरपालिकामा मेयरमा जंगबहादुर साउद र उपमेयरमा केशरी विष्ट रावल, घोडाघोडी नगरपालिकाको मेयरमा रीताकुमारी चौधरी र उपमेयरमा हेमबहादुर बम, लम्कीचुहा नगरपालिकाको मेयरमा भक्तबहादुर थापा र उपमेयरमा धना चौधरी, भजनी नगरपालिकामा वीरबहादुर हमाल र उपमेयरमा भारती चौधरी, गोदावरी नगरपालिकाको मेयरमा विरेन्द्र भट्ट र उपमेयरमा भगवती पाठक र गौरीगंगा नगरपालिकाको मेयरमा दिनेशराज जोशी र उपमेयरमा मेनका जोशीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
त्यसैगरी कांग्रेसले जानकी गाउँपालिकाको अध्यक्षमा गंगादेवी चौधरी र उपाध्यक्ष सूर्यबहादुर बटाला, बर्दगरिया गाउँपालिकाको अध्यक्षमा बलीराम चौधरी र उपाध्यक्षमा ललिता भट्ट, मोहन्याल गाउँपालिकाको अध्यक्षमा लोकन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा रवीकुमारी रानामगर, कैलारी गाउँपालिकाको अध्यक्षमा रामसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया र चुरे गाउँपालिकाको अध्यक्षमा टिकाराम ढुंगाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।