अजय देवगनले बाबा रामदेवको बायोपिक बनाउने भएका छन्। ‘बादशाहो र ‘गोलमान अगेन’ को सुटिङमा व्यस्त रहेको अवस्थामा पनि उनले योग गुरु बाबा रामदेवको जीवनीमा आधारित फिल्मका लागि समय निकालेका छन्। ४८ वर्षीय अजय देवगनले अभिनव शुक्लासँग मिलेर टेलिभिजन सियरियल ‘बाबा रामदेवः द अनटोल्ड स्टोरी’ बनाउन लागेका छन।
यो श्रृंखलामा बाबा रामदेव र उनका सहयात्री बालकृष्णको जीवन यात्रालाई प्रमुखताका साथ दर्शाइने छ। एउटा सामान्य व्यक्ति कसरी योग गुरु बन्छन र अन्तर्राष्ट्रियस्तरमा कसरी आफूलाई प्रसिद्धीतर्फ लैजान्छन, यसको लेखाजोखा आउँदो श्रृंखलामा हुनेछ।
टेलिभिजन श्रृंखलाका लागि धेरै रिसर्च भएको बताइएको छ। यसको सुटिङ वर्षको अन्त्यसम्ममा सुरु हुने आशा छ। रामदेवको भूमिकाका लागि कलाकारको खोजी पनि व्यापक रुपमा भइरहेको छ।
हरियाणाको एउटा गाउँमा जन्मिएका रामकृष्ण यादवले योगा र संस्कृतको पढाई गरेका थिए। उनलाई नै स्वामी शंकर देवले रामदेवको नाम दिएका थिए।