कोमल वली र प्रज्ञा वली ‘शरद’ दिदी–बहिनीले तीस वर्षपछि सँगै गीत गाएका छन्। २०४४ सालमा यी दुईले संयुक्त रुपमा रेडियो नेपालमा बालगीत रेकर्ड गराएका थिए।
रेडियो नेपालमा कार्यक्रम चलाउने प्रज्ञा र समाचारवाचकमा चिनिएकी कोमल दिदी–बहिनीले ३० वर्षपछि तीजगीतमा यी दुईले सँगै गाएका मात्रै छैनन्, सँगसँगै नाचेका पनि छन्।
एकनारायण भण्डारीको शब्द तथा संगीतमा तयार गीतको भिडियोमा प्रज्ञाका श्रीमान प्रज्ञाको जोडी बनेर देखिएका छन् भने अविवाहित कोमलको जोडी ‘किलो ट्यांगो माइक’ टेलिश्रृंखलाबाट चिनिएका सुनील कटुवालले निभाएका छन्।
भिडियोको निर्देशन पवित्रा आचार्यले गरेकी हुन्।
https://www.youtube.com/watch?v=l_DsyoxtCRQ