निखिल उप्रेती मुख्य भूमिकामा रहेको फिल्म ‘रुद्र’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै फिल्म टोलीले साउन १३ लाई आफ्नो रिलिज मिति तोक्यो।
ट्रेलरमा निखिलले ‘खलनायक’ भनी आफूलाई सम्बोधन गरेका छन्। हिमाल केसीको द्वन्द्व निर्देशनमा निखिलको एक्सन दृश्य देख्न सकिन्छ। रामजी लामिछाने निर्देशित फिल्मलाई निखिल आफैंले निर्माण गरेका हुन्। फिल्ममा उनले संगीतसमेत दिएका छन्।
निखिलका अलावा विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर वली, अनिल पाण्डेलगायतले फिल्ममा अभिनय गरेका छन्।
https://www.youtube.com/watch?v=_idh6o2zuM8