विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको खबर दिनेश दिपु सुवेदीले आजको नागरिक दैनिकलेखेका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङमा कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मतदानको दिन नजिकिँदै गर्दा थवाङवासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङवासी कसलाई भोट दिने भन्ने अन्योलपमा परेका हुन् ।