वान्टेण्ड, टार्जन द वण्डर कार र डोरजस्ता फिल्मबाट आफ्नो पहिचान बनाएकी बलिउड परिचित नायिका आयिशा टाकियाले कहिले पनि सोचेकी थिईनन् होली कि उनले यो दिनको सामना गर्नु परोस् भनेर । पछिल्ला दिनहरूमा नायिका टाकियाको एक तस्वीर सोसल मिडियामा भाइरल बनेको छ । उनले आफ्नो अनुहार प्लाष्टिक सर्जरी गरेकी थिईन् र अहिले बिग्रिदै गइरहेको छ भनेर।
तर आयिशाले उक्त तस्वीरसँग जोडिएर आएका समाचारको खण्डन गरेकी छिन् । उनले ती समाचारहरू बकवास भएको बताएकी छिन् । सन् २०१७ को शुरूआतमा एक समारोहमा आएको उक्त तस्वीरले ट्वीटर ट्रोलको सामना गर्नुपर्यो ।
बीबीसीसँग कुरा गर्दै आयिशाले भनिन् ‘जब यो समाचार सार्वजनिक भयो तब म आफ्नो परिवारसँग गोवामा थिए । यो कुरा सुनेर हामी सबै हाँसिरहेका थियौ । बलिउड इष्डट्रिजमा कसैलाई पनि छोड्दैनन् यहाँ हरेक महीना कोही न कोही ट्रोलको शिकार हुनुपर्छ।
जसले मलाई नजिकबाट चिन्छन् उनीहरूलाई थाहा छ कि यो सब एक हल्ला मात्र हो ।’ जसले उनको तस्वीर ट्रोलमा राखेको थियो उसलाई कडा जवाफ दिनको लागि उनले इस्टाग्राममा आफ्नो तस्वीर अपलोड गरिन् । ट्रोलको टिप्पणी गर्दै उनले भनिन्,‘जुन अभिनेता देश विदेशमा राम्रो काम गरिरहेका छन्, उनीहरूहरूलाई ट्रोलमा प्रयोग गर्छन् , मलाई लाग्छ कि यस्ता कुरामा ध्यान दिनु बेकारको कुरा हो ।’