पूर्वको पहाडी जिल्ला फिदिमको एक मात्र नगरपालिकाको मेयर पदका लागि भएको मतदानमा नेपाली कांग्रेसका ओनाहाङ नेम्बाङले अग्रता कायम राखेका छन्।
९ सय ८७ सम्मको मतगणना हुँदा नेम्बाङले ३ सय ६४ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्दी एमालेका राजकुमार भण्डारीले ३ सय ८ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले २ सय ३८ मत प्राप्त गरेका छन्। कूल २७ हजार मतदाता रहेको फिदिममा करिब १९ हजार मत खसेको थियो।