इलामको ४ वटै नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिकामा एमालेले आफ्नो निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन्।
ताजा नतिजाअनुसार इलाममा ६ हजार ८ सय ४२ मतका साथ एमालेका महेश बस्नेत अगाडि छन्। उनलाई कांग्रेसका हिमालय कर्मचार्यले ५ हजार ३ सय ७० मतले पछ्याइरहेका छन्।
देउमाईमा एमालेका सूर्य पोखरेलले ४२ सय २४ मत ल्याएर अग्रस्थानमा छन्। काग्रेसका होम दुलालको ३७ सय ८७ मत रहेको छ।
सूर्योदयमा एमालेका रनबहादुर राईले ४५ सय ७९ मत प्राप्त गरेका छन्। कांग्रेसका प्रेमलाल चाम्लिङको ३ हजार ४९ मत छ।
माईमा दीपकुमार थेवेले २ हजार ३८ मत प्राप्त गरेर अग्रस्थानमा छन्। हेमकुमार कार्कीको १९ सय २० मत छ।
अहिलेसम्म इलाममा १० मध्ये दुई स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमध्ये चुलाचुली र सन्दकपुर दुबैमा एमाले विजयी भएको छ। अरू को कहाँ अग्रता हेर्नुहोस् सूची
इलाम नगरपालिका अपडेट प्रमुख/ उपप्रमुखनेका ५३७०/५३३९
एमाले ६८४२/६८२०
माओवादी ६५०/७०२
इलामको फाकफोकथुम गाउँपालिका अध्यक्ष\उपाध्यक्ष –कांग्रेस २२२७/२०१७
एमाले १६६६/१९९५
माओवादी ३२७/२७२
माङ्सेबुङ गाउँपालिका अपडेट अध्यक्ष/उपाध्यक्षकांग्रेस २१२२/१४५३
एमाले १८९९/१६५०
इलामको रोङ गाउँपालिका अपडेट अध्यक्ष/उपाध्यक्षकांग्रेस २१५५/२२९७
एमाले १९६५/२०११
इलामको माइजोगमाई गाउँपालिका अपडेट अध्यक्ष/उपाध्यक्षनेका २९७४/३०१५
एमाले ४४९४/४००१
माओवादी ५४५/६९९
इलामको माई नगरपालिका अपडेट प्रमुख/ उपप्रमुखकांग्रेस १७८२/१७३२
एमाले २१७८/२१५३
माओवादी ५३६/५६५
इलामको देउमाई नगरपालिका अपडेट प्रमुख/ उपप्रमुखकांग्रेस ३९६९/३८३०
एमाले ४६१२/४६४४
माओवादी ८३५/९६३
इलामको सूर्योदय नगरपालिका अपडेट प्रमुख/ उपप्रमुखकांग्रेस २८३३/२८६८
एमाले ४००७/३९०५
संघीय समाजवादी ३९९/३६०