बझाङका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बझाङका १२ वटा स्थानीय तहमा एमालेले ८ वटा स्थानीय तहमा जितेको छ । बझाङका दुई नगरपालिकामा एमाले र कांग्रेसले १–१ स्थानमा जितेका छन् ।
एमालेले जयपृथ्वी नगरपालिकामा विजय हासिल गरेको छ । एमालेका विरेन्द्रबहादुर खडका मेयरमा विजयी भएका छन भने उपमेयरमा जुना गाग्री विजयी भएकी छन् ।
बंगुल नगरपालिकामा कांग्रेसका धनबहादुर विष्ट मेयरमा र मिना जाग्री उपमेयरमा विजयी भएका छन् ।
एमालेले ७ वटा गाउँपालिकामा विजय हासिल गरेको छ भने कांग्रेसले ३ वटा गाउँपालिकामा जितेको छ । तलकोट गाउँपालिकामा एमालेका लालबहादुर विष्ट अध्यक्षमा र धनकुमारी खत्री उपाध्यक्षमा निर्वाचित भएका छन्।
थलारा गाउँपालिकामा एमालेका भुवनेश्वर उपाध्याय अध्यक्षमा र गंगुदेवी खडायत उपाध्यक्षमा विजयी भएका छन्। बित्थडचिर गाउँपालिकामा एमालेका प्रेमबहादुर बोहरा अध्यक्षमा र जानकी बोहरा उपाध्यक्षमा विजयी भएका छन्।
छबिसपाथिभेरमा एमालेका अक्कल धामी र राधिकार रताला जोशी क्रमस अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन्। दुर्गाथली गाउँपालिकामा एमालेका प्रयागराज जोशी अध्यक्षमा र पार्वती जप्रेल उपाध्यक्षमा निर्वाचित भएका छन् ।
मष्टा गाउँपालिकामा एमालेका कर्णबहादुर कठायत अध्यक्षमा र भगवती बोहरा उपाध्यक्षमा निर्वाचित भएका छन्। केदारस्यु गाउँपालिकामा एमालेका इन्द्रबहादुर भण्डारी अध्यक्षमा र निसा उपाध्यक्षमा निर्वाचित भएका छन् ।
खप्तडछन्ना गाउँपालिकामा कांग्रेसका बर्कबहादुर रोकाय अध्यक्ष र एमालेका पाउसरा थापा उपाध्यक्षमा निर्वाचित भएका छन् । सुर्मा गाउँपालिकामा कांग्रेसका नरबहादुर बोहरा अध्यक्ष र समिता पुजरा उपाध्यक्षमा निर्वाचित भएका छन् । काँडा गाउपालिकामा कांग्रेसका राजेन्द्रबहादुर बोहर अध्यक्ष र कल्पना बोहरा उपाध्यक्षमा निर्वाचित भएका छन् ।