तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा घनश्याम पाण्डेले २२ हजार ८ सय ५७ मत र उपमेयरमा माया आचार्यले २१ हजार ३७ मत प्राप्त गरि विजयी भएका हुन्।
तुलसीपुरमा कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई १८ हजार ९ सय ३ मत र उपमेयरमा काँग्रेसकै देवीका नेपालीलाई २० हजार १ सय ८५ मत प्राप्त भएको थियो। मेयरमा निर्वाचित पाण्डेले निकटतम प्रतिद्धन्दी गिरी भन्दा ३ हजार ९ सय ५४ मत बढी प्राप्त गरेका थिए भने उपमेयरमा निर्वाचित आचायले निकटतम प्रतिद्धन्दी काँग्रेसकी नेपाली भन्दा ८ सय ५२ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
तुलसीपुरमा माओवादी केन्द्रका मेयरमा उम्मेदवार शेशुराम भण्ण्डारीलाई ८ हजार ६ सय ९३ र उपमेयरमा सीता वलीलाई ९ हजार ५१ मत प्राप्त भएको छ । एमालेवाट मेयर र उपमेयरमा निर्वाचित पाण्डे र आचार्य भन्दा यो क्रमशः १४ हजार १ सय ६४ र ११ हजार ९ सय ८६ मतान्तर हो ।
तुलसीपुरवासीले २० वर्ष पहिलेका उपमेयरलाई मेयरमा चुनेतुलसीपुरवासीले २० वर्षअघि २३ वर्षको उपमेयरमा निर्वाचित घनश्याम पाण्डेलाई अहिले आएर मेयरमा निर्वाचित गरेका छन्। तत्कालिन समयमा विद्यालयमा पढाउँदै गर्दा कलिलै उमेरमा पाण्डेलाई एमालेले उपमेयरमा उम्मेदवार बनाएको थियो । तुलसीपुरको उपमेयरमा निर्वाचित आचार्य भने नेकपा एमाले भित्र निष्ठा र आदर्षको राजनीतिज्ञको छवि बनाएका स्वर्गिय श्रीमणी आचार्यकी पत्नी हुन्।
श्रीमानको मृत्युपछि उनलाई पार्टीले उपमेयरको टिकट दिएको थियो। तुलसीपुरमा वडा नं. १,३,४,६,१२,१५,१६,१८,१९ मा एमालेले वडा अध्यक्ष जितेको छ। १९ वटा रहेको तुलसीपुरमा बाँकी सबै वडाहरु भने वडाहरु काँग्रेसको जितेको छ । तर तुलसीपुरमा माओवादी केन्द्र ० भएको छ।
दाङमा एमाले हावी २० वर्षपछि नेकपा एमाले दाङमा हावी भएको छ। उसले तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा प्रमुख पद जितेको छ। तुलसीपुर र घोराहीमा प्रमुख र उप्रमुख जितेको एमालेले लमहीमा भने उपप्रमुख गुमाएको छ। लमहीको उपप्रमुखमा कांग्रेसकी देवका बेलवासे निर्वाचित भएकी छन् ।