रूपन्देहीको कोटहीमाई गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका चन्द्र भुषण यादव विजयी भएका छन्। यस्तै उपाध्यक्षमा भानुमति बानियाँ विजयी भएकी हुन्। मेयरमा निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बदेन्द्र जैशवाल पराजित भए भने उपमेयरमा पनि नेपाली कांग्रेसकैं सम्पत्ति यादव पाराजित भइन्।
कोटहीमाईको नतिजा आएसंगै रुपन्देहीका सबै स्थानीय तहको मतगणना सकिएको छ । योसँगै रूपन्देहीमा संघीय फोरम दोस्रो ठूला दल बनेको छ।