आइसीसी यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपालले सन्दिप लामिछानेको नेतृत्वमा अन्तिम खेलाडी छनोट गरेको छ।
भारतमा अभ्यासरत १८ सदस्यीय नेपाली युवा टोलीबाट अन्तिम १४ खेलाडी छानिएको हो।
यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेखलगायत खेलाडी खेलाडीहरू छनोटमा परेका छन्।
यसअघि १८ खेलाडीको सूची सार्वजनिक गरिएको थियो। त्यसैबाट आइसीसीका एसियन चिफ डेपलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र र यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले अन्तिम १४ खेलाडी छानेका हुन्।
१४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडी यस्ता छन्।
- सन्दीप लामिछाने कप्तान
- दीपेन्द्र सिंह ऐरी
- मोहम्मद आसिफ शेख
- सन्दीप सुनार
- प्रकाश केसी
- अनिल कुमार शाह
- पवन सराफ
- रोहित कुमार पौडेल
- ललित नारायण राजवंशी
- प्रनित थापा मगर
- आदिल खान
- किशोर महतो
- रिजन ढकाल
- शहाब आलम
बैकल्पिक खेलाडीहरू
- सुशान्त सिंह थापा
- विक्रम कुमार भुसाल
- सन्दीप जोरा
- रसिद खान