टम्म मिलेका दाँत समानुपातिक रूपमा रहेको अनुहारको हड्डी अनि सुन्दर मुस्कानको चाहना कसलाई हुदैन र ? तर, विभिन्न कारणहरु जस्तैः अन्तरनश्लीय विवाहको बढ्दो क्रम, रेसादार खानाबाट नरम खानातिरको बढ्दो आकर्षण अनि बाल्यावस्थामा मुख तथा दाँतको हेरविचारमा भएको कमि आदिले गर्दा बांगोटिंगो दाँत तथा नामिलेको अनुहारको हड्डी जस्ता समस्या नयाँ पिढीको लागि समस्याको रूपमा देखिन थालेको छ। यो समस्या दन्त चिकित्सक विज्ञानमा अर्थोडोन्टिक समस्याको रूपमा चिनिन्छ। अर्थोडोन्टिक भन्नाले बांगाटिंगा दाँतहरु मिलाउने, अनुहारका नमिलेका हड्डीहरु मिलाउने र भविश्यमा यस्ता समस्याहरु देखापर्न नदिने विज्ञानलाई बुझिन्छ। यो उपचार दन्त चिकित्साको अर्थोडोन्टिक विज्ञानमा बिशेषज्ञता हासिल गरेका दन्त रोग बिशेषज्ञ द्वारा गरिन्छ।
दाँत तथा हड्डीको समस्याबाट संसारको कुनै पनि देशका मानिसहरु अछुतो छैनन्। विभिन्न अनुसन्धान अनुसार करीब ११ प्रतिशत देखि ९४ प्रतिशतसम्ममा दाँत तथा च्यापुको समस्या पाइएको छ।
देश |
प्रतिशत |
नेपाल |
११ देखि ९४ |
भारत |
९ देखि १९ |
इरान |
०८ देखि ४२ |
नाइजेरिया |
७६ |
ब्राजिल |
१७ देखि ८५ |
अमेरिका |
३५ देखि ९५ |
दाँत तथा च्यापु नमिल्नुका धेरै कारणहरु हुन सक्छन् ।
अर्थोडोन्टिक समस्याको कारणहरु
- वंशाणुगत।
- जन्मजात: गर्भमा रहँदा विभिन्न कारणले जस्तैः कुपोषण, सरुवा रोग, हर्मोनल असन्तुलन, प्रसुतिजन्य दुर्घटना।
- वातावरणीय असर: Forceps delivery।
- खराब बानी: औला चुस्ने, मोख खोलेर सुत्ने, नङ तथा ओठ चुस्ने, जिब्रोबाहिर ल्याउने इत्यादि।
- दाँत झर्ने तथा उम्रने समयमा बढी अन्तर भएमा।
- दाँत तथा गिजासम्बन्धि रोग लागेमा।
- कुपोषण।
- दाँतको सङ्ख्यामा तलमाथि भएमा।
अर्थोडोन्टिक उपचारको आवश्यकतावास्तवमै बांगोटिंगो दाँतले हाम्रो सौन्दर्यतामा असर त गर्छ नै, विभिन्न किसिमको दाँत तथा गिजाको समस्या हुने, सामान्य चोटपटकमै दाँत गुमाउनु पर्ने, कान नजिकको जोर्नीमा असर पर्ने, खाना खान र बोल्न समस्या हुने र कतिपय अवस्थामा साथीहरु र समाजमा तिरस्कृत महसुस भई मानसिक पीडा बेहोर्नुपर्ने समेत हुनसक्छ।
सामजिक रोजगारीमा लाग्ने व्यक्तिहरुमा जस्तैः अध्यापक वर्ग, राजनीतिज्ञ, कलाकर्मीहरूमा त नमिलेका दाँत झन् ठूलो समस्याको रुपमा रहन्छ। र, पेसामा नै पनि असर गर्ने गर्छ। साथै समसामायिक परिप्रेक्ष्यमा अनुहारको सुन्दरतामा धेरै मानिसहरूको ध्यान हुने हुँदा दातको समस्याले बिबाह गर्नमा समेत असर पर्ने गरेको छ।
अर्थोडोन्टिक उपचार कोसँग गराउने ?उपचार कोसँग गराउने भन्ने प्रश्न उपचार जरुरी भएका व्यक्तिहरुमा आउनु स्वभाविक नै हो । किनकि उपयुक्त नियम कानुनको अभावमा हाम्रो देशमा जथाभावी रुपमा खुलेका नक्कली डाक्टरहरुको क्लिनिकको बिगबिगी नै छ। तसर्थ उपचार गराउँदा उपचार गर्ने व्यक्ति वास्तवमै सम्वन्धित बिशेषज्ञ हो वा होइन थाहा पाउनु उत्तिकै जरुरी छ। यो उपचारका लागि अर्थोडोन्टिक विज्ञानमा विशेषज्ञता (एमडीएस) हासिल गरेका व्यक्तिमात्र उपयुक्त हुन्छन्। तसर्थ आफूले उपचार गर्ने व्यक्ति नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त गरेको अर्थोडोन्टिक विशेषज्ञ हो होइन थाहा पाउनु अत्यन्त बुद्धिमतापूर्ण हुन्छ ।
अर्थोडोन्टिक उपचारका तरिकाहरु अर्थोडोन्टिक समस्या दाँत तथा हड्डी वा यी दुवैमा हुन सक्छन्। सामान्य किसिमको समस्यालाई बिरामीको मनसाय अनुसार झिक्न र लगाउन मिल्ने 'अपलायन्स' लगाएर उपचार गर्न सकिन्छ भने जटिल किसिमको समस्यालाई 'फिक्स्ड अपलायन्स'को मदतले उपचार गर्न सकिन्छ।
यदि बिरामीको च्यापु (अनुहारको हड्डी)मा पनि समस्या छ भने किशोर अवस्था सुरु हुनु अगाबै (केटा करिब १५ वर्ष र केटी करिव १३ वर्ष) शल्यक्रिया बिना नै च्यापुलाई सानो तथा ठुलो बनाउन सकिन्छ। यदि उमेर धेरै छ भने यस्तो अवस्थामा शल्यक्रियाको मदतले च्यापुको समस्या मिलाउन सकिन्छ। यसलाई अर्थोग्न्याथिक सर्जरी भनिन्छ।
अर्थोडोन्टिक उपचार गर्दा कहिलेकाहिं दाँत निकाल्नु पर्ने वा दाँतलार्ई ताछ्नु पर्ने आवश्यकता पनि आउन सक्छ। यो उपचार भने कहिलेकाहिं बिरामीलाई चिन्ताको विषय वा कारण हुनसक्छ। तर यो एउटा सामान्य प्रक्रिया मात्र हो जुन उपचारको क्रममा बिस्तारै सामान्यरुपमा परिणत हुन्छ। यसले बिरामीको सुन्दरता र अन्य कुनै कुरामा पनि हानी गर्दैन।
तर यसको उपचारका लागि बिरामीहरु लालयीत भए पनि यसमा रहेका केही समस्याहरूले गर्दा उनीहरु उल्झनमा परिरहेका पनि हुन्छन्।
उपचारक्रममा देखिन सक्ने समस्या:
- लगाएको अपलायन्सले गर्दा बिरामीमा उपचारको क्रममा सुन्दरतामा ह्रास भएको महसुस हुन सक्छ।
- उपचारको सुरुवातमा दाँत दुख्ने, खाना खान अप्ठयारो हुने, थुक धेरै आउने, मुखमा साना घाउ हुनसक्ने समेत समस्या आउन सक्छन्।
- उपचार अवधि लामो हुने र खर्चिलो समेत हुन सक्छ।
- उपचारको अन्त्यमा उपयुत्त रिटेनरको प्रयोग नगरेको खण्डमा केही हदसम्म पुनःसमस्या देखा पर्न पनि सक्छ ।
उपचारमा नयाँ पद्धतिको विकासमाथि उल्लेखित समस्याहरुमध्ये उपचारको क्रममा लगाइएको ब्रेसेस (मेटल क्लिप) देखिने र मुहारको सौन्दर्यतामा असर पर्ने कारण मुख्य हो। यो समस्याले गर्दा सामाजिक पेसा मा लागेका व्यक्ति र बिबाह गर्ने उमेरका व्यक्ति विशेषगरी महिला वर्ग बढी पीडित भएको पाइन्छ। यस्ता समस्याबाट मुक्ति दिलाउनको लागि नयाँ प्रविधिबाट उपचार सुरु भइसकेको छ। जसमा ब्रेसेसलाई दाँतको जिब्रोतिरको भागमा टासेर या दाँतको रङको ब्रेसेस लगाएर बाङ्गो दाँतलाई मिलाइन्छ। जसलाई दन्तचिकित्सा शास्त्रमा क्रमश लिंगुअल अर्थोडोन्टिक र सेरामिक ब्राकेटको प्रयोग भानिन्छ। यो प्रक्रिया विकसित देशमा केही वर्षअघि नै सुरु भए पनि भारत, नेपालजस्ता विकासोन्मुख देशमा भर्खरैमात्र विकास भइरहेको छ। सरसर्ती हेर्दा लिंगुअल अर्थोडोन्टिक अलिकति खर्चिलो देखिए पनि बिरामीवर्गलाई सजिलो हुने र उपचार चलिरहेको छ भनेर अन्य व्यक्तिले पत्तो नै नपाउने हुँदा यो प्रक्रिया अति नै लोकप्रिय हुँदै गइरहेको छ।
[caption id="attachment_64791" align="aligncenter" width="302"]
मेटल ब्रेसेस (पुरानो पद्दति)[/caption]
[caption id="attachment_64790" align="aligncenter" width="287"]
सेरामिक ब्रेसेस (नयाँ पद्दति)[/caption]
[caption id="attachment_64789" align="aligncenter" width="628"]
लिंगुअल अर्थोडोन्टिक (नयाँ पद्दति)[/caption]
लिंगुअल अर्थोडोन्टिक अलिकति महंगो हुनेहुँदा उक्त उपचार पद्धतिलाई धान्न नसके बहिरबाट लगाउने तर नदेखिने ब्रेसेस सेरामिक ब्राकेटको प्रयोग गरिन्छ। जुन दाँतको रङजस्तै हुने भएकाले बाहिरबाट प्रयोग गरे पनि झट्ट देखिंदैन। यसरी बांगोटिंगो दाँत र नामिलेको अनुहारको बनावटको उपचारमा नयाँ पद्धतिको सुरुवातले नेपालकै दन्त स्वास्थमा नयाँ आयाम थपेको छ।