सरकारले एकैपटक ४८ जना उपसचिवको सरूवा गरेको छ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ उपसचिवको सरूवा गरेको जानकारी दिँदै सूची सार्वजनिक गरेको हो।
सरूवा हुने उपसचिवहरूमा विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिव छन्।
तीमध्ये २० जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव छन्। उनीमध्ये अधिकांशलाई विभिन्न जिल्लाका स्थानीय तहमा सरूवा गरिएको छ भने केहीलाई गृह मन्त्रालय पठाइएको छ।
को कहाँ पुगे?