बाल संरक्षण तथा सम्बर्द्धन उपसमिति साबिकको सूर्यविनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लबहरुलाई खे लकूद सामग्री वितरण गरे को छ । उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लबलाई खेलकूद सामग्री तथा दुई विद्यालयलाई स्मार्ट टिभी वितरण गरिएको हो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा र उपसमितिका संयोजक थापाले शान्ति निकेतन मा.वि. र शन्तकृष्ण आविलाई एक एक थान स्मार्ट टिभी वितरण गरेका थिए । यसैगरी चन्द्रविनायक, हरियाली, राधाकृष्ण, चुनदेवी, गहनादेवी, सेतीदेवी र सूर्योदय बाल क्लबलाई फुटबल, भलिबल, व्याडमिण्टन कर्क, लुडो, क्यारेम बोर्डलगायतका विभिन्न खे ल सामग्री संयुक्त रुपमा वितरण गरेका थिए ।
सूर्यविनायक नगरपालिकाबाट १ लाख ८३ हजार र उपसमितिबाट ६० हजार गरी कुल २ लाख ४३ हजार रुपैयाँ बराबरको खेल साम्रगी वितरण गरिएको उपसमितिका संयोजक थापाले बताए ।