राष्ट्रिय सभाको प्रमुख प्रतिपक्षी दलको नेतामा सुरेन्द्रराज पाण्डे चयन भएका छन्। नेपाली कांग्रेस संसदीय दलले पाण्डेलाई राष्ट्रिय सभामा दलको नेतामा चयन गरेको हो।
नेता चयन भएसँगै पाण्डे प्रमुख प्रतिपक्षी दलको नेता बनेका हुन्। राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलको नेताले सवारीदेखि सचिवालय सुविधासम्म पाउँछ।
गोरखाका पाण्डे प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। उनी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्। पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका थिए। बालकृष्ण खाँड तरुण दलको अध्यक्ष भएका बेला पाण्डे महासचिव थिए।
उनी हाल समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्।