प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा सरकारले पेश गरेको नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएको छ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सांसद राधेश्याम अधिकारीले विभिन्न २९ बुँदामा संशोधन गर्न माग गर्दै आइतबार संशोधनको सूचना दर्ता गराएका हुन्।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरेका थिए। विधेयकलाई लिएर नेपाल पत्रकार महासंघलगायतले विरोध गर्दै संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।