नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले दसैं मनाएका छन्।
मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दसैं मनाएका हुन्। बेरी सुट र ढाका टोपीमा सजिएका थिए।
टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन गरेका थिए।
उनले आफ्ना फोटा ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।