नेकपा सचिवालयको बैठक अपरान्ह बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने नेकपाका कार्यालय सचिब इश्वरी रिजालले सेतोपाटीलाई बताए।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि नेताहरूको कार्यव्यस्तताको कारण बैठक सारिएको हो।
आजको बैठकमा मन्त्रिपरिषदको हेरफेरका विषयमा पनि छलफल हुने श्रोतले बतायो।
प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर हिजोको मन्त्रिपरिषदमा जानकारी दिइसकेका छन् ।