प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन्।
‘क्वारेन्टाइनमा बस्नुभएको छैन? बस्नुस्,’ प्रधानमन्त्रीले भने। देशैभर स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइन निर्माण गरिएको प्रधानमन्त्रीको भनाइ छ।
क्वारेन्टाइनमा नबस्ने र बसेकाहरू पनि भागेको खबरहरू आइरहेका बेला प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्।