आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा समावेश संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतका मुख्य कार्यक्रमहरु
कोरोना संक्रमण जोखिमको कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रष्टुरेन्ट, ट्रेकिङ, पर्वतारोहण लगायतका सेवा क्षेत्रको पुनरुत्थान गर्न कर, शुल्क, ब्याज लगायतका सुविधाको व्यवस्था गरिएको छ।
एक प्रदेश एक पर्यटकीय गन्तव्य अवधारणा अनरुुप सबै प्रदेशमा ठूला पर्यटकीय पूवार्धार विकास गरिनेछ। निजी क्षेत्र समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्न मौलिक संस्कृतिको विकास र प्रवद्र्धन गर्न पर्यटन पूर्वाधारका लागि १ अर्ब २६ करोड बजेट व्यवस्था गरिएको छ।
कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पयर्टन क्षेत्रलाई शीघ्र पुर्नस्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक,
मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटन लगायतका नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार विकास गरिने छ।
पर्यटक आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई थप व्यविस्थत एवम् सुरक्षित बनाउन नविन पर्यटक सूचना व्यवस्थापन प्रणाली लागू गरिनेछ। पर्यटन क्षेत्रमा अध्ययन र अनसुन्धान गर्न मानित पर्यटन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ। माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गरिनेछ।
पशुपति, जनकपुर र मुक्तिनाथसहित अन्य मठ, मन्दिर, गुम्बा तथा चचुरा, नदी, ताल र कुण्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दै देशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ।
रारा ताल क्षेत्रको दीर्घकालीन विकासको लागि गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ। पहाडी र हिमाली क्षेत्रका सम्भाव्य पर्यटकीय स्थललाई सुविधायुक्त हिल स्टेसनको रूपमा विकास गर्न पूर्वाधार विस्तार गरी पर्यटन प्रवद्र्धन गरिनेछ।
आन्तरिक पर्यटन प्रवद्र्धन गरी शिथिल पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न कोरोनाको जोखिम समाप्त भएसँगै राष्ट्रसेवक कर्मचारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देश दर्शन गर्न प्रोत्साहित गरिनेछ।
सुरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाई सेवाका लागि गुणस्तरीय हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छु। अन्तर प्रदेश हवाई सम्पर्क विस्तार गर्न र अन्तर्राष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याएको छु।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन लगायतका थप पूर्वाधार निर्माण गर्न, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न तथा अन्तराष्ट्रिय टमिर्नल भवनको स्तरोन्नति र पोखरा विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकम व्यवस्था गरेको छु।
निजगढ अन्तर्राष्ट्रय विमानस्थलको हवाई क्षेत्र भित्रको वस्ती स्थानान्तरण गर्न र परिपथ निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड विनियोजन गरेको छु।
अन्तर प्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रूपमा स्तरोनन्नति गर्न, विराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण शुरु गर्न तथा दाङको नारायणपुर र तेह्थुमको चुहान डाँडा लगायतका आन्तरिक विमानस्थलको निर्माण कार्यअघि बढाउन आवश्यक रकम विनियोजन गरेको छु।
चन्द्रगढी, धनगढी र जनकपुर लगायतका विमानस्थलको सुधार तथा स्तरोन्नति गर्न र ट्रंक रुटका विमानस्थलको स्तरोन्नति एवम् विस्तार गरी रात्रिकालीन उडान संचालनयोग्य बनाउन बजेट व्यवस्था गरेको छु।
हवाइ क्षेत्रमा राष्ट्रिय आवश्यकताको परिपूर्ति, विश्वव्यापी नवप्रवर्तन र प्रविधिको विकासलाई सम्बोधन गर्न र हवाई सुरक्षा सुनिश्चित गर्ने गरी हवाई नीति तर्जुमा गरिनेछ। निजी लगानी प्रवद्र्धन गर्ने गरी गैर सैनिक हवाई उडडयन ऐनमा समसामयिक संशोधन गरिनेछ। नागरिक उडडयन प्राधिकरणको पुर्नसंचरना गरी नियामक र सेवा प्रदायकको छुट्टा छुट्टै संस्थागत व्यवस्था गरिनेछ।
देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतिका रूपमा जगेर्ना गरिनेछ। सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिको अध्ययन, अनसुन्धान र विकास गरिनेछ । जीवन्त इतिहासको रूपमा रहेको पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्धर्न र विकास गरिनेछ।
काठमाडौ उपत्यकाको मौलिक संस्कृति तथा सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रा कार्यक्रमलाई उपत्यकाका अन्य शहरमा विस्तार गरिनेछ।
राष्ट्रिय संस्कृति संग्रहालय कीर्तिपुरको निर्माण कार्य अगाडि बढाइनेछ। उपयुक्त स्थानमा राष्ट्रियस्तरको वृहत शहिद पार्क निर्माण कार्य शुरु गरिनेछ।
विश्व सम्पदा सूचीमा परेका सम्पदाको संरक्षण र सम्वर्द्धन गरिनेछ । वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यन्वयनमा ल्याइनेछ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रकृया अगाडि बढाइनेछ। लुम्बिनीमा निर्माणाधिन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभा हलको निमार्ण सम्पन्न गरिनेछ।
जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासको लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । देवघाट, पाथिभरा, रुरु, विराट क्षेत्र, बराह क्षेत्र, खप्तड क्षेत्र, काँक्रे विहार, हलेसी, गौरीशंकर लगायतका धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम व्यवस्था गरेको छु।
रामायण परिपथ निमार्णको कार्य शुरु गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र जर्गेनाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्न बजेट व्यवस्था गरेको छु।
साहित्य, कला तथा संगीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदाय को परम्परागत सीप र सांस्कृतिक मूल्य मान्यताको संरक्षण र सम्वद्धर्न गर्ने कार्यक्रम संचालनका लागि तथा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।