प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन्।
उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा सभामुखले चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख छ।
यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भनेका थिए।
कोरोना महामारीमा मन्त्री तथा सांसदहरू भत्ता दिइएको भन्दै सर्वत्र आलोचना भएपछि उनीहरूले भत्ता नलिने भएका हुन्।