नेपाली कांग्रेसले दसैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ।
कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले यस वर्ष नगर्ने कांग्रेसले जनाएको छ।
‘कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड—१९ का कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।
वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि कांग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो।