जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक आज बस्ने भएको छ।
दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि नेताहरू बैठकस्थल पुगेका छैनन्।
पार्टीका नेता केशव झाले केही समयमै बैठक बस्ने जानकारी दिए।
गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धन बनाउने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए। देउवाले उक्त प्रस्तावमा समर्थन खोजेका छन्।
माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने बताएको थियो। सोही एजेन्डालगायत विषयमा छलफल गर्न आज जसपाको पदाधिकारी बैठक बस्न लागेको छ।