प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबार कमलादीस्थित प्रज्ञाभवनमा जिल्लास्तरीय विस्तारित प्रशीक्षण कार्यक्रम भब्य रूपमा सम्पन्न गर्यो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि अधिकांश शीर्ष नेता र कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
भब्य रुपमा आयोजित उक्त कार्यक्रममा कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य र सुरक्षा ब्यवस्था राम्रै प्रवन्ध गरिएको थियो।
कार्यक्रमस्थलमा ज्वरो जाँचेर हरेकलाई अनिवार्य मास्क परिवर्तन गरिएको गर्न अनुरोध गरिएको थियो। यस्तै भौतिक दुरी कायम गर्न आग्रहसमेत गरिएको थियो।
तर खचाखच भरिएको प्रज्ञा भवनको सभाहलमा पार्टीको चिन्ह अंकित क्याप पहिरिए पनि न त मास्क राम्ररी लगाइएको पाइएको थियो। न सामाजिक दूरीकै ख्याल गरिएको थियो।
ढोकाबाट बाहिरसम्म लगाएको मास्क भित्र पुगेपछि अधिकांशको हराएको थियो। कतिको चिउडो मुनी थियो।
कसैको एउटा कानमा मात्र झुण्डिएको देखियो। त्यत्रो भिडमा उपस्थित अधिकांश नेता कार्यकर्ताले न्यूनतम् स्वास्थ्य सुरक्षासमेत ख्याल गरेको पाइएन।
कोरोना भाइरस सङ्क्रमणदर घटे पनि आज मात्र १५५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मात्र ११ जनाले ज्यान गुमाएका छन्।
अझै तेस्रो लहर वा अरू महामारी आउन सक्ने भनिएको छ भने काठमाडौँ प्रशासन कार्यालयले नजिकिदै गरेको चाडपर्व सांकेतिक रुपमा मनाउन अनुरोध गरिसकेको छ।
सबै नेपालीले खोप पाएका छैनन् कमरेडहरु तपाईँ पार्टीको काम सकेपछि घरमा आफन्तलाई भेट्नुपर्ने हुन्छ, स-साना बालवालिकाले खोप पाएका छैनन्. अब बालबालिकाहरुलाई उच्च जोखिम हुनसक्ने भनिएको छ।
कृपया स्वास्थ्य सुरक्षाको पनि ख्याल गर्ने कि!
हेर्नुहोस् तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)