संयुक्त राष्ट्र संघको 'विकासका लागि वित्त' सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोर्चुगल र इजिप्टका समकक्षीसँग भेटवार्ता गरेका छन्।
सोमबार उनले दुई देशका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन्।
पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको भेटमा दुई मुलुकबीच आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
त्यस्तै इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँगको भेटमा पनि दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षबारे छलफल भएको थियो।
जिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
यसअघि प्रधानमन्त्री ओलीले स्तोनियाका राष्ट्रपति अलार कारिस र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजकुरमा श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपालल गायत सहभागी थिए।
प्रधानमन्त्री ओली राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा असार १४ गते स्पेन गएका हुन्।