नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन्।
घिमिरेले आज सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेसले जनाएको छ।
घिमिरे संयोजक रहेको निर्वाचन समितिले गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो।
वरिष्ठ अधिवक्तासमेत रहेका घिमिरे नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा उम्मेदवार बनेका छन्। उनी लोकतान्त्रिक र प्रगतिशील समूहतर्फबाट बार एसोसिएसनको केन्द्रीय महाधिवेशनमा उम्मेदवार छन्।
बारको अध्यक्ष उठ्ने भएपछि उनले कांग्रेस निर्वाचन समिति संयोजकबाट राजीनामा दिएका हुन्।