तदर्थ समिति गठन गर्न माग गर्दै नेविसंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
नेविसंघ अध्यक्ष राजीब ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि नेविसंघ नेतृत्वविहीन छ।
नेविसंघमा तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।
तर आकांक्षी धेरै हुँदा सभापति शेरबहादुर देउवाले नेविसंघलाई नेतृत्व दिन सकिरहेका छैनन्।
आज दिउँसो नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष शान शिवाकोटीलगायतले सानेपामा प्रदर्शन गरेका हुन्।
उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न नहुने माग गरेका छन्। नेविसंघले १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लागू गर्ने विधान बनाएको थियो।
तदर्थ समिति गठन गर्दा नै उमेरहद लगाउन लागेको भन्दै उनीहरूले विरोध गरेका छन्।