विवेकशील साझाका पूर्वसंयोजक मिलन पाण्डेले विवेकशील अभियानलाई पुनर्गठन गर्न भेला बोलाएका छन्।
अबको यात्राका रणनीति, निर्वाचन रणनीति तय गर्न अगुवा भेला असोज ३ गते हुने पाण्डेले बताए।
भेलाका निष्कर्षबाट भावी बाटो तय गरिने उनले बताए। लामो उतारचढावपछि अब विवेकशील अभियानलाई पुनर्गठन गर्दै अघि बढ्ने उनले जानकारी दिए।
‘विवेकशील अभियानलाई नयाँ शिराबाट सुरू गर्छौं। विवेकशील साझाको यात्रा त्यति सहज र सोचेजस्तो रहेन,’ उनले भने। पार्टीमा विचारका कुरा ल्याएर गिजोल्ने काम भएको पनि उनले बताए।
उनले विवेकशील साझा पार्टी निर्माणमा आफूहरूले १० वर्ष खर्चेको पनि बताएका छन्।
‘विगत १० वर्षमा वैकल्पिक राजनीति अभियान र विवेकशील साझा पार्टी निर्माणमा हामीले धेरै राम्रा काम गर्यो। केही गल्तीहरू पनि गर्यो। यो सबै सिकाइ र भोगाइसहित अब फेरि यो अभियानलाई नयाँ शिराबाट उठाउने बेला आएको छ,’ उनले भने।
रवीन्द्र मिश्र अध्यक्ष भएका बेला विवेकशील साझाले पाण्डेलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो।