प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर मिर्गौला पीडितलाई भेटेका छन्।
शनिबार बिहान ११:३७ मा देउवा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन्।
उनले लामो समयदेखि मिर्गौलाबाट पीडित भएर अस्पतालमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेटेका हुन्।
देउवाले उनको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतका विषयमा चासो राखेका थिए।
देउवाले बलायर, उनका आफन्त र उपचारमा संलग्न चिकित्सकको टोलीसँग पनि कुराकानी गरी फर्किएको अस्पतालले जनाएको छ।
धनगढीका ८१ वर्षीय बलायर दुवै मिर्गौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन्।