मन्त्रिपरिषदको बैठक आज बस्दैछ।
शुक्रबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको एक मन्त्रीले बताए।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ। तर बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन।
आजको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सम्भावना छ।
अहिलेका आइजिपी धिरजप्रताप सिंहको कार्यकाल आज राति १२ बजेदेखि सकिँदैछ। उनी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
एआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्येबाट एक जना आइजिपी हुनेछन्।