उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले रक्सौल-काठमाडौंको रेल वेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र तयार हुने बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले भारत सरकारको सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म बनाउन लागिएको रेलवेको डिपिआर एक महिनाभित्रै पाउने अपेक्षा रहेको बताए।
‘एक महिनाभित्र रक्सौल-काठमाडौंको रेलवे सञ्चालन सेवाको निम्ति भारत सरकारको सहयोगमा गरिएको डिटेल प्रतिवेदन पाउने हामी अपेक्षामा छौं। हामीलाई त्यस्तो जानकारी गराउनुभएको छ,’ उनले भने।
यस्तै केरूङ-काठमाडौंको रेलवे सेवा पनि चीन सरकारबाट सम्भाव्यता अध्ययन प्रक्रिया पनि सुरू गरिने उनले बताए।
‘केरूङ-काठमाडौंको रेलवे सेवाको निम्ति चीन सरकारबाट सम्भाव्यताको अध्ययन ठोस रूपमा सुरूवात गराउने काम भएको छ,’ उनले भने।