नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारले मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुको सट्टा अलमल्याउन खोजेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले सांसद गैरेले मिटरब्याज पीडितहरूमाथि फेरि धोखाधडी भएको बताएका हुन्।
उनले पीडितलाई न्याय दिनुको सट्टा पीडकलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए।
'एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ काम भएको छ। यो करेक्सन हुनुपर्छ,' उनले भने।
सांसद गैरेले पीडकहरुलाई तत्काल कारबाही गर्न माग गरे।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, १३:३७:००