गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्।
विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखीय सुधार आएको बताएका हुन्।
‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ,’ उनले भने, ‘दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन्। यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन। अर्को कुरा दश महिना पहिले कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’
उनले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।
‘यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो। त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ,’ उनले भने।